दोश्रोपुस्ताको आकर्षण बन्दै शब्दमाला


Date:2018-12-11
नेपाली भिजन । 
शब्दमाला नेपाली भाषा बिद्यालयले आफ्नो बार्षिकी कार्यक्रम अन्तर्रगत भब्यरुपमा गाला डिनर कार्यक्रम सम्न्न गरेका छ । ८ डिसेम्बर शनिबार हर्सभिलमा आयोजना गरीएको सो कार्यक्रम दोश्रो पुस्ताका बालबालीकाहरुलाई लक्षित गरीएको थियो । कार्यक्रमको मुख्य आकर्षण तथा सबै प्रस्तुति शब्दमाला बिद्यालयका बिद्यार्थीहरुले दिएका थिए ।
 
करिब ४ बर्ष देखिका ससाना बालबालीकाहरुको मनै छुने प्रस्तुतिले अष्ट्रेलिया भित्रको नेपाललाई उजागर गरेको थियो । छ फरक ठाउँबाट नेपाली भाषा अध्यापन गराईदै आएको यस बिद्यालयका सबै शाखाका बालबालीकाहरुले गीत, नृत्य, कबिता र नाटकहरु प्रस्तुत गरेका थिए । भाषाको जगेर्ना, राष्ट्रिय प्रेम, सँस्कृतिको महत्वे दिने लागायतका गीत संगितको प्रस्तुतिले दर्शक तथा अबिभावकहरुलाई निक्कै उत्साहित बनाएको थियो । कार्यक्रमको अन्त्यतिर ग्रानभिल शब्दमालाका बालबालीकाहरुले – नेपाली जहा रहेपनि बसे पनि नेपाली भाषाको उत्तिकै महत्व हुन्छ र सबै अबिभावकहरुले आफ्ना छोराछोरीलाई नेपाली भाषा सिकाउन सहयोग गर्नु पर्छ, शब्दमाला बिद्यालयमा अध्ययनका लागि पठाउनु पर्छ भन्ने सन्देस सहितको चेतनामुलक नाटकको प्रस्तुतीले राम्रो सन्देश दिएको थियो ।
 
करीक पाँचसहको हाराहारीमा नेपालीहरुहरुको उपस्थितिरहेको सो कार्यक्रममा दोश्रो पुस्ताका बालबालीकोको प्रस्तुति तथा व्यक्तित्व बिकासलाई हेर्दा बास्तबमै दोश्रो पुस्ताको लागि बोलेर भाषण मात्र गर्दै हिड्नेहरुलाई काम गर्न चाहे प्रसस्त अवसरहरु रहेको प्रष्ट देखियो । 
 
भाषा र सँस्कृतिले आफ्नो र देशको पहिचान दिन सकिन्छ भनेर हाल शब्दमाला नेपाली भाषा बिद्यालय एनएसडब्लु राज्यको सिड्नी वरपर गरी ६ स्थानबाट सेवा दिईरहेको छ । ग्रानभिल, क्याम्सी, मक्वारी फिल्ड, पेन्सहर्सट, नोरमानहर्सट र द पोन्ड मा प्रत्येक आईतबार २ देखि ३ घण्टा सम्म संचालन हुने भाषाका कक्षाहरु संचालक समिति, अबिभावक र शिक्षकहरुको पहल र सक्रियतामा संचालित हुने गरेका छन । बिगत भन्दा दिनप्रतिदिन बिद्यालयमा अबिभावकहरुको ध्यान बढ्नुका साथै बिद्यार्थीहरुको शंख्यामा बृद्धि हुँदै गएको ग्रानभिल संयोजक बिष्णु घिमिरेले बताए । 
 
साँझ ६ बजे देखि संचालित सो कार्यक्रममा बिद्यालय संचालक समिति अध्यक्ष अर्चना गुरुङ घले ले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै शब्दमालालाई साहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरेकी थिईन । कार्यक्रम प्रमुख अतिथि महाबाणिज्यदूत दिपक खड्का , अतिथि एनएसडब्लु फेडेरेशन अफ कम्यूनिटि ल्याङग्वोज अध्यक्ष लुसिया टाभारीस– जोन्स ले धन्यबाद मन्तब्य राखेका थिए । कार्यक्रममा समुदायका अगुवा इन्द्र वन, नारायाण प्रधान, जितमान लिम्बू, नन्द गुरुङ, कृष्ण गिरी, सिव श्रेष्ठ, सुजाता केसी, महेन्द्र लम्शाल, रमेश थापा, बिद्यलयका पूर्व अध्यक्ष डा. प्रकाश पौडेल, बिक्रम शर्मा खरेल र समिन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन आयूस्मा घले र लिजन मास्केले संयूक्त गरेका थिए भने उपाध्यक्ष अचला तिमिल्शिनाले बिद्यालयका सबै सहयोगीहरुलाई धन्यबाद मन्तब्य राखेकी थिईन । 
 
कार्यक्रमको अन्तमा सबै सहभागि बिद्यार्थीहरुलाई बिद्यालयले उपाहार प्रदान गरेको थियो । ३५ डलर प्रवेश शुःल्क लागाईएको सो कार्यक्रममा रात्रिभोजको राम्रो प्रवन्ध मिलाईएको थियो । खानको व्यवास्था एभरेष्ट तन्दुरीले गरेको थियो । 
 
 
 
शब्दमाला नेपाली भाषा बिद्यालयलका बिद्यार्थीहरुले प्रस्तुत गरेको कार्यक्रमहरुका तस्विरहरु